पूर्व एमालेबाट एकीकृत पार्टीका २४१ केन्द्रीय सदस्य फाइनल

Uml sansadiya

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ ।

एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्सीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल ४५ जना थप गरी २४१ जनाको नाम टुंगो लगाएको हो ।

पूर्व एमालेको स्थायी समितिले ४१ सदस्यको नाम टुङ्ग्याउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । सोहि अनुसार ४५ जनाको नाम टुंगो लगाएसँगै तत्कालिन एमालेले भागमा पाएको सबै केन्द्रीय सदस्यको सूची टुंगो लागेको हो ।

तत्कालिन एमालेबाट टुंगो लगाइएको नाम अब एकीकृत पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले अनुमोदन गर्नुपर्ने बताइएको छ ।यसैबीच तत्कालीन माओवादीको केन्द्रको भागमा परेको २०० केन्द्रीय सदस्य मध्ये ८४ जनाको नाम तय भएका छन् ।

एकीकृत पार्टीका लागि तत्कालीन माओवादीका ८४ केन्द्रीय सदस्य तय सूचि, ११६ को खोजी जारी रहेको छ । माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८४ जना स्वत केन्द्रीय सदस्य भएका हुन् । त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ ।तत्कालीन माओवादी केन्द्रले आज ११६ जनाको नाम टुंगाउने तयारी गरेको छ ।

तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै लगाउँ छ । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...