अचम्मको कुकुरको छाउरो, हेर्दै लिंग जस्तो

Kukur xaura 22

एकजना फेसबुक प्रयोगकर्ताले फेसबुक पेजमा राखेको कुकुरको छाउराको तस्वीर पुरुष यौनांगकै आकारको देखिएको देखिएको छ । सुन्दैमा अनौठो लाग्ने यो घटना फिलिपिन्समा घटेको हो ।

फेसबुकमा राखिएको कुकुरको छाउराको फोटो मान्छेको लिंगजस्तै देखिएको भन्दै फेसबुकले हटाइदिएको छ । यसले फेसबुकको सामाजिक मर्यादा नीतिको मापदण्ड विपरित देखिएको भन्दै फेसबुकले उक्त तस्वीरमाथि प्रतिबन्ध लगाएको हो ।

फिलिपिन्सको दाभाओ सहरमा बस्ने १६ वर्षका डोमिनिक इबाओसले आफ्नो घरमा पालेको मेक्सिकन प्रजातिको छाउरोको तस्वीर फेसबुकमा राखेका थिए । दिमित्री नामक मेक्सिकन प्रजातिको उक्त कुकुरको छिउमा कत्तिपनि रौँ छैनन् ।

डोमिनिकको हत्केलामा निदाएको अवस्थामा मुडुलो जिउ तथा चाउरिएको टाउको सहितको छाउरो ठ्याक्कै मानिसको लिंग आकारको देखिएको छ ।

उक्त तस्वीरले मापदण्ड उल्लंघन गरेकाले फेसबुक पेजबाट तस्वीरलाई हटाइदिएको भन्दै फेसबुकले तत्कालै डोमिनिकलाई सूचित गरेको थियो ।

तर उक्त पप्पी लिंगजस्तो आकारको भयो भन्ने कुराले आफूलाई अचम्मित पारेको डोमिनिक बताउँछन् ।

प्रतिकृया दिनुहोस