कर्नाटकमा तीन दिनमै ढल्यो भाजपा सरकार

Yedirurappa

काठमाडौं । दक्षिण भारतीय राज्य कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)ले सरकार गठन गरेको तीन दिनमै सत्ताबाट बाहिरिएको छ। कर्नाटकमा मुख्यमन्त्री बिएस यद्दुरप्पाले सपथ लिएको तेस्रो दिनमै राजीनामा दिन बाध्य हुनुपरेको छ।

१०४ सिट मात्र जितेको भाजपाले बहुमतका लागि आवश्यक ११२ सिट पुर्याउनुपर्ने  थियो तर, सर्वोच्च अदालतले दिएको म्यादभित्र विधानसभामा बहुमत साबित गर्न नसकेपछि यद्दुरप्पाले राजीनामा दिएका हुन्। सर्वोच्च अदालतले शनिबारसम्ममा बहुमत साबित गर्न उनलाई समय दिएको थियो।

यसअघि कर्नाटकको सत्तामा रहेको कांग्रेस र जनता दल सेक्युलरले चुनावी परिणाम आएलगत्तै गठबन्धन सरकार निर्माणको घोषणा गरेका थिए। उनीहरुले जनता दलका एचडी कुमारास्वामीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए। तर राज्यपालले भाजपाका यदुरप्पालाई सरकार बनाउने मौका दिएका थिए।

यसबीच कांग्रेस र जनता दलले आफ्ना विधायकलाई भाजपाले किन्ने डरले विभिन्न रिसोर्ट तथा होटलहरुमा राखेको थियो।

बहुमत पुष्टि गर्नुपर्ने दिन यदुरप्पाले विधानसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरे। उनले विश्वासको मत नलिने घोषणा गरेर बाहिरिएपछि विपक्षी सांसदहरुले खुसी व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...