टनकपुरमा भयानक दुर्घटना, नौजनाको मृत्यु

Purnagiri temple

महेन्द्रनगर । भारतमा प्रसिद्ध तीर्थस्थल पुर्णागिरी मन्दिर दर्शनका लागि जाँदै गरेका तीर्थयात्रीहरुको ठुलो समुहलाई टिप्परले पेल्दा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा कैयौं श्रद्धालु घाइते भएका छन् ।

नेपालको पश्चिमी सीमानाका कञ्चनपुरको ब्रम्ह्देवसँग सिमा जोडिएको टनकपुर बजार नजिकै बिहान ६ बजे सो दुर्घटना भएको भारतीय च्यानल ‘समाचार प्लस’ उत्तराखण्डका सम्बाददाता दीपक फुलेराले जानकारी दिए ।

घटनामा पर्नेहरु सबै युपी राज्यको नवाजगंजका श्रद्धालुहरु हुन् । उनीहरु पुर्णागिरी धाम दर्शनका लागि डोली लिएर जाँदै थिए ।

घाइतेलाई तत्काल उद्धार गरी नजिकका अस्पतालमा भर्ना गरिएको छ । तीर्थयात्रीलाई पेलेर फरार टिप्पर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताईको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...