प्रदेश नं ३ मा संकल्प प्रस्ताव दर्ता

Pradesh 3

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा बिहिबार बिहान संकल्प प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली काँग्रेसका सांसद्हरु प्रभात तामाङ, छिरिङदोर्जे लामा र निमा लामाले भूकम्प पीडितको आवास र पुनः निर्माण कार्यमा उल्लेख्य प्रगति नभएको भन्दै सो कार्यका लागि संकल्प प्रस्ताव पेश गरिएको हो ।

संकल्प प्रस्तावमा सरकारी भवन, सार्वजनिक भवन, विद्यालय, गुम्बा, मठमन्दिर र अन्य भौतिक संरचना क्रमबद्ध रुपले पुनः निर्माण गर्न, नागरिकको घर निर्माणका लागि विनियोजित रकम अपर्याप्त भएकाले थप अनुदान रकम उपलब्ध गराउन, पुनः निर्माणका लागि कर्जा रकम बढीमा १५ लाख १५ वर्षको अवधिका लागि निब्र्याजी मासिक किस्ता चुक्ता गर्ने व्यवस्था मिलाउन, पुनः निर्माणका लागि कर्जा दिँदा नागरिकताको प्रमाणपत्र र जग्गाधनी पुर्जा कायम गर्न र जग्गाधनी पुर्जा मात्र रोक्का गरी कर्जा उपलब्ध गराउनुपर्ने प्रस्तावहरु छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...