नेकपा एमाले केन्द्रीय कमिटीले आकस्मिक बैठक बस्ने

Amale 2

काठमाडौँ । पार्टी एकताको कार्यसूचीमा नेकपा एमालेको केन्द्रीय कमिटीको बिहीबार आकस्मिक बैठक बस्ने भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताको विषयमा विभिन्न खालका टीका टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ । पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...