सिमिकोटको र्खापुनाथमा विमान दुर्घटना, चालक दलका दुबै सदस्यको मृत्यु

Makalu air

सुर्खेत । सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान र्खापुनाथ गाउँपाली स्थित पास नजिक दुर्घटना भएको छ ।

दुर्घटनामा परि चालक दलका दुबै सदस्यको मृत्यु भएको हो । बुधबार बिहान ६ः१२ बजे हुम्लाका लागि उडेको विमान  ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो ।

उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मकालु एअरको एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७.७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...