४ अंक घट्यो नेप्से, कारोबारमा भारी गिरावट

Birgang ghata

काठमाडौँ । निरन्तर ओरालो लागेको नेप्से मंगलबार पनि घटेको पनि घटेको छ । ४ दशमलव ३२ अंक घटेर नेप्से परिसुचक ११४३ दशमलव ६४ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकममा भने भारी गिरावट आएको छ ।

कुल १ सय ४३ कम्पनीका ३ लाख १९ हजार २ सय ६० कित्ता शेयर एक हजार ९ सय ५९ पटक खरदिबिक्रि हुँदा १४ करोडको कारोबार भएको हो । सोमबार साढे ४२ करोडको कारोबार भएको थियो ।

मंगलबार व्यापार र उत्पादन मुलक समूह भने बढेको छ । अन्य सबै समुह घटेका छन् । बैंक समुहमा ४.२८, होटलमा ३२ .९५, विकास बैंकमा १०.९६, हाइड्रोपावरमा १३.१४ र फाइनान्समा १.३३ अंक घटेको छ । त्यसै गरी इन्स्योरेन्स १२ बिन्दु ७६, अन्य ०.५३ र माइक्रोफाइनान्समा ५.६५ घटेको छ ।

मंगलबार सबै कम्पनीको कारोबार एक करोडभन्दा कम छ । सबै भन्दा बढी बढी मिर्मिरे माइक्रोफाइनान्स विकास बैंकले ८६ लाखको कारोबार गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकले ५० लाख माथीको कारोबार गरेका छन् । अन्य कम्पनीको ५० लाख भन्दा कम कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...