हुन्डीको सूचना प्रहरीलाई दिन्थे गोरे

Gore

काठमाडौँ । गोरेले बेलाबखत हुन्डी कारोबारीको सूचनासमेत प्रहरीलाई दिने गरेको अनुसनधान बाट खुलेको छ ।

समितिले लिएको बयानमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेलले आफूहरूलाई एक पटक हुन्डी कारोबारको सूचना गोरेले दिएको बताएका छन् । उनले बयानमा भनेका छन्, ‘चूडामणि उप्रतीले सई गजेन्द्र रावललाई फोन गरेर हुन्डी कारोबारको सूचना दिएछ, उसले नक्सालस्थित एक घर देखाएर गयो, सोहीअनुसार अप्रेसनका लागि तयारी भएर बस्यौं ।

पैसा लिएर आउने मान्छेहरू उक्त घरमा नआएपछि काम भएन, सोहीअनुसार गोरेलाई काम भएन भनेर सोध्दा ठिकै छ, म फेरि अर्को सूचना दिन्छु भन्यो ।’ संगठित सुन तस्करीबारे अनुसन्धानरत विशेष समितिले दुई हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले काठमाडौँबाट मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धिकाली मनी ट्रान्सफर चलाएर बसेका विनोद अधिकारीलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको सुन तस्करीका मुख्य व्यवस्थापक भनिएका चूडामणि उप्रेती गोरे सँग यी दुईको आर्थिक कारोबार देखिएको समितिका एक सदस्यले बताए । स्रोतका अनुसार संगठित सुन तस्करीमा हुन्डीका कारोबारीले सघाउ पुर्‍याइरहेको समितिको निष्कर्ष छ ।

हुन्डी कारोबारीले दुबईमा कार्यरत नेपाली कामदारले घर पठाउन लागेको कामदारहरूको विदेशी मुद्रा उतै जम्मा पार्छन् र कारोबारीका नेपालस्थित सदस्यले उता जम्मा गरे बराबरको रकम यता भुक्तानी गर्छन् । यसरी दुबईमा जम्मा भएको रकम सुन किन्न प्रयोग हुने गरेको समितिका सदस्यहरूको बुझाइ छ ।

स्रोतका अनुसार पक्राउ परेका दुवैसँग गोरेको निरन्तर फोन सम्पर्क भएको देखिन्छ । दुबईबाट प्राप्त सूचनाका आधारमा उनीहरूले हुन्डीको कारोबार गर्ने गरेको र उनीहरूकै सहयोगमा गोरेले संगठित तस्करी गरेको निष्कर्ष समितिले निकालेको छ । त्यसो त समितिले यसअघि नै संगठित सुन तस्करीमा हुन्डी कारोबारीको कनेक्सन रहेको निष्कर्ष निकालेको थियो ।

विशेष समितिले सरकारी वकिलको कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा पेस गरेको प्रतिवेदनमा छ, ‘राष्ट्रसेवक बाहेकका प्रतिवादीहरूले सुनको अवैध कारोबार गर्ने क्रममा हुन्डी तथा अवैध विदेशी विनिमयसमेतको कसुर गरेको भन्ने खुलेको हुँदा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकलाई अभियोगपत्र संलग्न राखी लेखिपठाउने निर्णय भएको छ ।’

सुन तस्करीमा हुन्डी कारोबारीहरूको कनेक्सन भेटिएको यो पहिलो घटना भने होइन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७४ भदौ १५ गते टोखास्थित पेम्बा दोर्जे शेर्पाको कोठाबाट १४ किलो र जनकपुरबाट एक केजी सुन बरामद गरेको थियो । संगठित सुन तस्करीको यो घटनामा प्रहरीले न्युरोड क्षेत्रमा बसेर हुन्डी र सुनको कारोबार गर्ने सुन्दर खडका, कृष्ण खडका र रमेश खडकालाई समेत प्रतिवादी बनाएको थियो ।

विमानस्थलको भन्सार हुँदै बाहिरिएको साढे ३३ केजी अवैध सुन बरामदको घटनामा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित सुन तस्करीमा हुन्डी कारोबारीहरूको कनेक्सन रहेको निष्कर्ष निकालेको थियो । उक्त सुन तस्करीमा प्रतिवादी बनाइएकामध्ये एक जनाको दुइटासम्म मनी ट्रान्सफर रहेको र त्यसैमार्फत हुन्डीको कारोबारसमेत हुने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...