चिनीमा भन्सार नबढाउन सर्वोच्चको आदेश

Sugar

काठमाडौं । सरकारले चिनी आयातमा कडाई गर्न बढाएको भन्सार दर सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्चले सोमबार सरकारका नाममा अन्तरिम आदेश दिंदै बढेको भन्सारदर कार्यान्वयन नगर्न भनेको छ ।

उद्योगीको मागअनुसार अर्थ मन्त्रालयको सिफारिसमा सरकारले केही समयअघि चिनी आयात गर्दा लाग्ने भन्सार शुल्क वृद्धि गरी १५ प्रतिशतबाट ३० प्रतिशत र्पुयाएको थियो ।

मन्त्रिपरिषद्को बैठकले वैशाख ४ गते भन्सार महसुल १५ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशतमा र्पुयाउने निर्णय गरेको थियो। यो निर्णयसँगै सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ कायम गरेको थियो ।

व्यवसायी नरेश दुगडले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो ।

नेपाली चिनी उद्योगीको छाता संगठन नेपाल चिनी उद्योग संघले भन्सार शुल्क वृद्धि गरी ५० प्रतिशत र्पुयाउनुपर्ने माग गर्दै आएको थियो । संघले भन्सार शुल्क वृद्धि नहुँदासम्म नेपाली उखु किसानसँग उद्यारोमा खरिद गरेको उखुको भुक्तानी दिन नसक्ने अडान राख्दै आएको थियो ।

भन्सार शुल्क वृद्धि हुँदा आयातित चिनी महँगो भएको अवस्थामा स्वदेशी चिनी बिक्री गरेर किसानलाई भुक्तानी दिने भन्दै अडान राखेका थिए ।

 

प्रतिकृया दिनुहोस