सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

Cabinet11


काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम यही जेठ ७ गते प्रस्तुत गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिकृया दिनुहोस