सुनकाण्डमा जोडिएका दुई हुण्डी कारोबारी पक्राउ

Arest11

विराटनगर । साढे ३३ किलो सुन तस्करी सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु तस्करीको सुनको पैसा कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ ।

मोरङका प्रहरी उपरीक्षक अरुण बिसीका अनुसार सुन तस्कारी र सनम हत्याकाण्डमा श्रेष्ठ र अधिकारीलाई यसअघि भने प्रतिवादी बनाइएको थिएन । सुन तस्करी र सनम हत्या काण्डमा संलग्न ६३ जनामाथि अदालतमा मुद्धा चलिरहँदा अनुसन्धान समितिले तस्करीबाट भएको रकम खोजी गर्ने क्रममा अधिकारी र श्रेष्ठको पनि संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधबार मुद्दा दायर गरेको थियो ।

सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ विगोसहित उनीहरु विरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गरिएको थियो ।

प्रतिकृया दिनुहोस