प्रदेश ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु

Pradesh 3

काठमाडौँ । प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यताको लागि ३ वटा जिल्लामा अध्ययन शुरु भएको छ ।

राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव आएकाले ३ वटै जिल्लाका शहरमा सम्भाव्यता अध्ययन शुरु गरिएको हो ।

काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ ।

मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीनवटै तहलाई अधिकार सम्पन्न्न बनाउन स्थानीय तहदेखि नै विभिन्न दलका नेताले समन्वय गरिरहेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिए ।

देशमा प्रादेशिक तह गठन भएपछि विभिन्न प्रदेशले आ–आफ्नो प्रदेशको राजधानी तोक्ने तथा राजधानीको सम्भाव्यता अध्ययनका लागि विशेष समिति गठन गरिरहेका छन् । यस प्रदेशमा पर्ने विभिन्न १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सम्भबना अध्ययनका लागि यही वैशाख १४ गते समिति गठन गरिएको थियो ।

हालको अस्थायी मुकाम मकवानपुरस्थित हेटौँडालाई नै राजधानी बनाउन त्यहाँका स्थानीयवासीले पहल गरिरहेका छन् । विभिन्न दलबाट प्रतिनिधित्व गर्ने नेताहरुले छलफल गरी करीब डेढ महिनाको समयावधिमा ल्याउने परिणामलाई समितिले प्रदेशसभामा पठाउने छ । सर्वसम्मत भएमा उक्त सभाले त्यसलाई अनुमोदन गर्ने तर विवाद भएमा दुई तिहाइ बहुमतबाट निर्णय लिइनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...