मोदी सुरक्षामा भारतीय सेनाको प्रयोगले नेपाली सेनाको मनोबल गिराउने काम भयो : अध्यक्ष यादव

Upendra yadav 1

चितवन । नेपाली सेनाको मनोबल गिराउन भारतीय सेनाको प्रयोग गरी नेपाली सेनाको अपमान गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  बताएका छन् ।

आफुले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको उनको भनाइ छ ।
सोमबार चितवनका पत्रकारहरुसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको बताए ।

यादवले संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जानकारी दिए । तर जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ यादवले भने ।  
यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा प्रदेश २ का मूख्य मन्त्री लालबाबु राउतले बोलेको कुरा जायज भएको पनि बताए ।

प्रदेश २ का मूख्य मन्त्री राउतले मुलुक र प्रदेशको वस्तुतस्थितिबारे याथार्थ बोलेको पनि जिकिर गरे । मूख्य मन्त्रीले जे बोल्नुभयो याथार्थ बोल्नुभयो, उनले भने, उहाँले नेपालको अवस्थालाई उजागर गर्ने प्रयत्न गर्नुभएको हो, सत्य कुरा तीतो भएको मात्र हो ।

अध्यक्ष यादवले प्रदेश सरकारलाई भूमिकाविहीन बनाएर केन्द्रिय सरकारले गल्ती गरिरहेको पनि आरोप लगाए । उनले केन्द्रबाट चार /चार जना मन्त्रीलाई पठाएर दुई /दुई जनाले स्वागत गर्नु गाईजात्रा भएको पनि टिप्पणी गरे ।

नेपालका प्रधानमन्त्री भारत जाँदा प्रदेश मूख्य मन्त्री र मन्त्रीले स्वागत गरेको उदाहरण दिँदै उनले सरकारको कदम गलत भएको बताए ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...