सार्वजनिक वन व्यक्तिका नाममा दर्ता

Forests of nepal

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ स्थित चिलाउने चौतारा सालघारी बेतखोला जंगलको करिब ६८ रोपनी जंगल व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।

तनहुँको खैरेनीटारस्थित तत्कालीन कृषि केन्द्रमा काम गर्ने कुमार मालीकी श्रीमती उमादेवी र साबिकको कास्की शिशुवाका नगेन्द्रमणि भण्डारीका नाममा उक्त जंगल दर्ता भएको स्थानीयले बताए । माली र भण्डारीले आसपासको सिलसिला नै नमिल्ने कित्ता नम्बर राखी अर्कै जग्गाको तिरो भिडाई २०३३ असार ३२ मा दर्ता गरेको अभिलेख बाट खुलेको छ ।

माली र भण्डारीले २०७२ मा उक्त जंगल स्थानीय बेलबहादुर कार्की र साना यज्ञप्रसाद अधिकारीलाई बिक्री गरेको पाइएको छ । जंगल व्यावसायिक प्रयोजनका लागि फँडानी गर्न लागिएपछि खोज्दै जाँदा पहिल्यै व्यक्तिका नाममा दर्ता गरिएको पाइएको हो ।

पुर्खौंदेखि सार्वजनिक सन्धिसर्पनका रुपमा प्रयोग हुँदै आएको जंगल ब्यक्तिले फँडानी गर्न थालेपछि स्थानीयले रोकेका छन् । स्थानीय बासिन्दा जंगल फर्काउन चैनपुर पशुपतिघाट वन संरक्षण समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जग्गा दर्ता बदरको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा हालेका छन् ।

पछिल्लो समय जग्गा किनेका कार्की र अधिकारी अर्गानिक रिसोर्ट खोल्ने योजनासाथ रुख काट्न आवश्यक प्रक्रियाका लागि ईलाका वन कार्यालय कुँडहर पुगेका थिए । सरकारी वनसंग जोडिएको क्षेत्र भएकाले आवश्यक नापजाँचका लागि ईलाकाले नापी कार्यालयलाई पत्राचार गरेको थियो । नाप्ने क्रममा जग्गा जंगलको बिचमा देखिएपछि जिज्ञासा उठेको हो ।

प्रतिकृया दिनुहोस