आँधिखोलामा सुली मिसाउनेलाई २० लाख लिएर उन्मुक्ति

Aadhi khola

स्याङ्जा । आँधीखोलामा कुखुराको सुली मिसिएर प्रदुषण भएपछि जलचर मरेको घटनालाई गल्याङ नगरपालिकाले पैसा लिएर सामसुम पार्न खोजेको छ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको हो ।

सुली फाल्न प्रयोग गरिएका स्काभेटर सञ्चालकले लगिसकेका छन् । खोलामा सुली मिसाउने आरोपीहरुलाई अहिलेसम्म कुनै कारवाही भएको छैन ।

सुलीको एमोनियाले गर्दा जलचर मरेको पुष्टि मिर्मीस्थित मत्स्य विकास केन्द्रले पुष्टि गरेको छ । तर, फोहोरमैला व्यवस्थापन शिर्षकमा २० लाख रुपैया पाएपछि गल्याङ नगरपालिका कार्वाही प्रक्रियाबाट पछि हटेको हो ।

मरेका माछाको व्यवस्थापन, पानीको दुर्गन्ध कम गर्न, मानवीय क्षति हुन नदिन र आँधीखोलाको फोहोर व्यवस्थापनका लागि २० लाख रुपैया माग गर्ने निर्णय नगरकार्यपालिकाको वैठकबाट भएको वडा नम्बर ७ का वडा अध्यक्ष रामवीर गुरुङले बताए ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कमजोर ऐन नियमका कारण आफुले कार्वाही गर्न नसकेको बताए । जलचर संरक्षण ऐन–२०१७ अनुसार कार्वाही गर्ने अधिकार आफुलाई नभएको भन्दै कार्वाही गर्ने काम प्रमुख जिल्ला अधिकारीको भएको बताए ।

 

प्रतिकृया दिनुहोस