भारतीय सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीको आपत्ति

Pm kp sharma oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

भारतका केन्द्रीय सांसद आजादले प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा रहेकै बेला ट्रवीटमा  मिथिला भारतमा मिसाउनु पर्ने अभिव्यक्ति राखेका थिए ।

‘हाम्रो अखण्डडतामा चुनौति दिँदै बोल्ने ?’ प्रधानमन्त्री ओलीले संघीय संसदको प्रतिनिधिसभा बैठकमा आइतबार बिशेष सम्बोधन गर्दै भने, ‘यस बिषयमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि कुरा भएको छ । प्रधानमन्त्री ओली मोदीको भ्रमण विरुद्ध लाग्नेहरुप्रति कडा रुपमा प्रस्तुत भएका थिए ।

‘केहीले मोदीलाई स्वागत नै गर्नु हुन्न भनेका थिए’ उनले भने, विगतमा केही त्रृटी भए होलान । विगतमा त्रुटी भए भन्दैमा त्यसमा सुधार नै गर्न नखोज्ने ? विगतमा आपसमा लडेका उत्तर कोरिया र दक्षिण कोरिया त अहिले वार्तामा आए । मिल्ने कुरा भएको छ । उत्तर कोरियासँग सत्रु मान्दै आएको अमेरिकाले मिल्नको पनि वार्ताको तयारी गर्दैछन् । हामीमा त्यस्तो के सत्रुता छ मिल्नै नहुने ?’

प्रधानमन्त्री ओली मोदीको जनकपुर अभिनन्दन समारोहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सम्बोधनमा संविधानमा विभेद भएको प्रसङ्रग उल्लेख गरेकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...