सुन काण्डका अभियुक्तले किन भेटे यि नेताहरु

तस्करीको सुनसँग राजनीतिक साईनो रहस्यमय

Lohani with leader

काठमाडौं । साँढे ३३ किलो सुन प्रकरणका अभियुक्त प्रहरी बरिष्ठ उपरिक्षक दिवेश लोहनीले एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री वामदेव गौतम, एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री बिष्णु पाण्डे र अर्थमन्त्री डा. युवराज खतिवडासँग गोप्य भेटघाट गरेको खुलेको छ । 

सुन प्रकरणमा परि निलम्बनमा परेका बेला एसएसपी लोहनीले अर्थमन्त्री डा. युवराज खतिवडासहित गौतम र पाण्डेलाई भेटेका हुन् ।

तीन हप्ता अगाडि भैँसेपाटीस्थित एमालेका उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेलसँग भएको उक्त रहस्यपूर्ण भेटवार्तालाई एमालेकै नेताहरूले ३३ किलो सुनकाण्डसँग जोडेर हेर्न थालिएको छ । हेडक्वार्टरमा तानिएका बेला लोहनीले पौडेलसँग वार्ता गरेको स्रोतले बताएको छ ।

लोहनीसँग वार्ता गर्नु अगाडि पौडेलले आफ्नै निवासमा अर्थमन्त्री डा. खतिवडासँग परामर्श गरेका थिए । त्यति मात्रै होइन पूर्व अर्थमन्त्री पौडेलले एसएसपी लोहनीलाई पूर्वगृहमन्त्री एवम् एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि भेट गराएका थिए ।

नेताहरुसँग लोहनीले गरेको कुराकानकिो विषय थाह नभएपनि सुनकाण्डमा फसेका लोहनीसँगको गोप्य वार्तामा सुन प्रकरणकै विषयमा उनलाई जोगाउने कुरा भएको स्रोतको दावी छ ।

एमालेका उपमहासचिव पौडेललाई भेटेको दोस्रो हप्ता लोहनीले गृह मन्त्रालयद्वारा गठित छानविन समितिमा पुगेर बयान दिएका थिए । बयान दिएपछि उनी एक सातासम्म ढुक्क भएर बसेका थिए । तर, डिएसपी प्रजित केसीको बयानले उनलाई पोल्यो र पुनः छानविनसमितिले मोरङ प्रहरीको हिसातमा राखेर अदालतमा बयान लिएको थियो । एसएसपी लोहनी आफूलाई बचाउन माग गरेर पौडेल र गौतमको शरणमा पुगेका थिए ।

३३ किलो सुन काण्डका प्रमुख योजनाकार चुडामणि उप्रेती ‘गोरे’ फरार छन् । त्यति मात्रै होइन त्यही सुनका कारण सनम शाक्यसहित तीनजनाले ज्यान गुमाउनु परेको छ ।

यति ठूलो काण्ड हुँदा पनि ३३ किलो सुनको भने अत्तोपत्तो छैन । त्यस बेला सत्तामा रहेका अर्थमन्त्री, गृहमन्त्री र सीमित नेताहरूले नै ३३ किलो सुन गायब बनाएको भनेर एमाले मुख्यालय धुमबाराहीमा चर्चा हुन थालेको छ ।

सुन काण्डको दोस्रो चरणको अनुसन्धानमा पूर्व अर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल, बामदेव गौतमका छोरा हरिश, पूर्व एआईजीद्धय विजयलाल कायस्थ, विज्ञानराज शर्मा र उनका भाई दयाराज शर्मा, पूर्व एसएसपी रविराज श्रेष्ठसहित ठूला माछाहरु तानिने स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस