भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

Modi visit

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ ।

प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो ।

प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ ।

भारतको पटनाबाट सिधै जनकपुरधाम आउने भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरणका लागि जनकपुर विमानस्थलमा तीन वटा हेलिप्याडको निर्माण गरिएको छ । भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी र उनको टोली शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ ।

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदाी जनकपुर विमानस्थलबाट विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिर र त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम मुताबिक ती बाटामा पर्ने सडकलाई कालोपत्र गरिएको छ भने सडकको दुवैतिरका पर्खाललाई केशरिया रङले सिङ्गारिएको छ ।

त्यसैगरी, जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ । कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर आउने र सो मन्दिरमा उनले षोडशोपचार विधिबाट विशेष पूजा अर्चना गर्नेछन् । विशेष पूजाका बेलामा १०१ पण्डितले शंख बजाउने कार्यक्रम रहेको छ ।

जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहने छ ।
जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बस सेवा आरम्भ गर्नेछन् ।
त्यसपछि, प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघामा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सघन सुरक्षाको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल रूद्रवाहिनी पथलैयाका बाहिनीपति कवीन्द्रमान श्रेष्ठले बताए ।

प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राखी पूर्वको सप्तरीदेखि पश्चिममा पर्सा जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणको जाँचलाई पनि कडा गरिएको देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...