मोदी भ्रमणले जानकी मन्दिरमा सर्वसाधरणलाई रोक

Modi visit

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई मध्यनजर गर्दै उनले जनकपुर आएर दर्शन नगरुन्जेलसम्मका लागि जानकी मन्दिरमा सर्वसाधरणलार्ई प्रवेश निषेध गरिएको छ ।

स्वागतका लागि जनकपुरका स्वागत गेटहरुमा उनका ठूला ठूला तस्विर सहिका पोष्टरहरु टाँगिएका छन् । मोदीले शुक्रबार नै जनपुर स्थित जानकी मन्दिरमा पुजा दर्शन गर्नेछन् ।

विहीबार दिउँसो १२ बजेदेखि मन्दिरको सम्पूर्ण ढोकाहरु बन्द गरी सर्वसाधारणलाई पूजाअर्चना गर्न निषेध गरिएको हो । अब भीआईपी, सुरक्षा अधिकारी र स्वीकृति प्राप्त सञ्चारमाध्यका प्रतिनीधिहरुले मात्र मन्दिरमा प्रवेश पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री मन्दिरमा पूजा गर्न आउने भएकोले सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणको प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...