'साङ्लाको सर्बत चमात्कारिक औषधि !’

Sangla

साङ्लादेखि तपाइँ डराउनु हुन्छ वा मन पराउनु हुन्छ ? पश्चिमा देशहरूमा यसलाइ हाइजिनसँग जाेडेर हेर्ने गरिन्छ। तर कतिपय एशियाली देशमा साङ्ला भोजनको परिकार बन्ने गरेको छ। चीनमा साङ्लाको व्यवसायिक उत्पादन नै सुरू भएकाे छ।

चीनको शीचांग शहरस्थित एक औषधि उद्योगले ६०० करोड साङ्ला पालिरहेको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार झन्डै दुई वटा खेल मैदान बराबरको एक घरभित्र सो संख्यामा साङ्ला पालिएको हो।

घरभित्र अँध्यारो पारिएको छ। वातावरण गर्मी कायम गरिएको छ। फार्मभित्र साङ्लालाइ घुमफिर तथा प्रजननको स्वतन्त्रता छ। उनीहरुलाई सूर्यको प्रकाशबाट टाढै राखिएको छ। एवं घरबाहिर निस्किन नसक्ने गरी व्यवस्था मिलाइएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमले साङ्लाको हेरचाह गर्छ। यो बाहेक घरभित्रको तापक्रम, खानाको उपलब्धता एवं आद्रतालाई नियन्त्रण गरिएको छ। सुँगुर, कुखुराजस्तै यहाँ साङ्लाको व्यवसायिक उत्पादन भइरहेको हो। लक्ष्य उस्तै छ कम समयमा धेरै साङ्ला उत्पादन गर्ने।

जब साङ्ला वयस्क हुन्छन् तब यिनलाई कुल्चिइन्छ र त्यसको सरबत सरह चिनियाँ परम्परागत औषधिको रुपमा पिइन्छ। पेटको अल्सर, श्वाश प्रश्वास, उल्टी एवं अन्य धेरै रोगको उपचारको लागि यस्तो सर्बत पिउने चलन चीनमा छ।

सनडन्ग कृषि विश्वविद्यालयका प्रोफेसर तथा इन्सेक्ट एशोसिएशन अफ सान्डग प्रान्तका निर्देशक लियू युसेन्सले भन्छन्, ‘यो वास्तवमै एक चमात्कारिक औषधि हो।’

उनी भन्छन्, ‘यसले धेरै रोगको औषधि गर्न सक्छ। अन्य दबाईको तुलनामा यसले तीब्र रुपमा प्रभाव पार्छ।’ उनका अनुसार यो सस्तो औषधि हो। ‘धेरै जान्ने जमात चीनको समस्या हो। हामी नयाँ औषधि खोज्ने प्रयास गरिरहेका छौं। यो पश्चिमा देशभन्दा सस्तो दबाई हो।’

औषधिका लागि साङ्ला पालन सरकारी योजनाको एउटा कार्यक्रम हो। र यसबाट बन्ने औषधि अस्पतालमा समेत प्रयोग हुनेगर्छ।

प्रतिकृया दिनुहोस