कागबारे १० रोचक तथ्य !

Crow

कागसँग जोडिएका धेरै सुभ अशुभ कुराहरु हाम्रो समाजमा प्रचलित छ । यीनै कागसँग जोडिएका बिभिन्न मान्यता र प्रचलनका बारेमा रहेका जानकारी यसप्रकार छन् ।

१, यदि कोहि मानिस बसिरहेको ठाउँमाथि काग आएर बस्यो भने उस्को धन र सम्मानमा हानी हुने बिश्वास गरिन्छ ।

२, यदि कोहि महिलाको शिरमा वा शिर नजिकै माथी कुनै बस्तुमा काग आएर बस्यो भने उनको श्रीमान्ले गंभिर संकटको सामना गर्नुपर्ने हुन्छ ।

३, यात्रामा निस्किएको व्याक्तिको अगाडि काग आएर दुईचोटी कराएर गैहाल्यो भने उस्को काम पूरा हुने सुचक हो ।

४,यदि काग पानीले भरिएको घैटोमा बसेको देखियो भने धन धान्यको योग रहेको बुझ्न सकिन्छ ।

५ कागले मुखमा रोटी या मासुको टुक्रा लिएर बसेको देखियो भने मनका हरेक इच्छा पुरा हुन सक्दछ ।

६, यलि कागले उभो मुख लगाएर पखेटा फड्कारर्दै धोत्रो स्वरमा कराउदछ भने त्यस आसपासमा कोहि व्याक्तिको मृत्यु हुन सक्दछ ।

७, उडिरहेको कागले बिष्ट्याएर कसैको शिरमा पर्दछ भने उक्त व्याक्ति रोगको या अन्य समस्यामा पर्न सक्दछ ।

८, उडिरहेको कागले कुनै व्याक्तिको शिरमा पर्ने गरी हड्डीको टुक्रा खसाल्छ भने त्यो व्याक्ति गंभिर संकटमा पर्दछ ।

९ कुनै मानिसको नजिक आएर काग शान्त स्वरमा कराएमा स्त्रीसँग सुमधुर सम्बन्ध हुने सुचक हो ।

१०, यदि काग पखेटा पड्कारेर उघ्र स्वरमा कराउदछ भने त्यो अशुभ संकेत मानिन्छ ।

प्रतिकृया दिनुहोस