जसलाई मान्छेले पचास वर्षदेखि सुरुङ सम्झिए, भित्र यस्तो रहस्य !

Safe image

इङल्याण्डको डार्टमुरमा रहेको एक ठाउँले अहिले सनसनी मच्चाइरहेको छ । यहाँका स्थानीयले यो ठाउँलाई सुरुङ सम्झिरहेका थिए । अहिले यो ठाउँ किनेका नील वरेल नामका एक व्यक्तिले यो ठाउँको वास्तविकता सार्वजनिक गरेका छन् ।

२०१४ मा यो ठाउँ किनेका वरेलले सुरुमा आफैंले पनि यो ठाउँलाई सुरुङ सम्झिएका थिए । तर, उनी पहिलोपटक यसभित्र गएपछि भने चकित बने । जमिनभित्र १०० फिटभन्दा ठूलो षेत्रमा ठूला ठूला मेसिन जडान गरिएका थिए ।

यी जमिनभित्र जडान गरिएका मेसिन पानी फिल्टर थिए । यी मेसिनको मद्दतले त्यो पूरै क्षेत्रमा पानी पुर्याइन्थ्यो । आश्चर्यको कुरा त के भने यहाँका स्थानीय कसैलाई पनि यसबारे जानकारी थिएन ।

यो प्लान्टलाई यसरी डिजाइन गरिएको थियो कि यहाँ आसपासका पहाडबाट पानी रसाएर तल रहेका २ विशाल ट्यांकीमा जम्मा हुन्थ्यो । यो पानीलाई यिनै फिल्टरको माध्यमबाट पिउन योग्य बनाएर आसपासका क्षेत्रमा सप्लाइ गरिन्थ्यो ।

सन् १९६० मा यो प्लान्टलाई बन्द गरिएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यो ठाउँ अनकन्टार अवस्थामा रह्यो । यही कारण यहाँका स्थानीयले यो ठाउँलाई सुरुङ वा गुफाको बाटो सम्झिन्थे ।

नीलले आफूले अण्डरग्राउण्ड होटल बनाउन चाहेकोले यो जमिन किनेको बताएका छन् ।

एजेन्सी

प्रतिकृया दिनुहोस