पत्रकारलाई लक्षित गरी आत्मघाती बम विस्फोट, आठ पत्रकार मारिए

Kabul bom

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार एकै स्थानमा १५ मिनेटको फरक बीच गराइएको दुई आत्मघाती बम बिस्फोटनमा परी केही पत्रकारसहित २५ जनाको मृत्यु भएको छ ।

सो बिस्फोटमा परी एएफपीका प्रमुख फोटोपत्रकार साह मराईका साथै अन्य तीनको मृत्यु भएको पुष्टी भइसकेको छ भने अन्य केहीको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नजीब दानिसका अनुसार बिस्फोटमा परी कम्तीमा ८ जना पत्रकार र ४ जना प्रहरी अधिकारीसहित अन्यको ज्यान गएको छ । यस्तै ४५ जना भने घाइते भएका छन् ।

मोटरसाइकलमा आएका आत्मघाती आक्रमणकर्ताले पहिलो बिस्फोट गराएसँगै समाचार स‌ंकलनका लागि घटनास्थल पुगेका संञ्चारकर्मी माझ अर्का आत्मघातीले १५ मिनेटपछि पुन: बिस्फोट गराएका थिए । दोस्रोपटक भएको बिस्फोटमा पत्रकारहरुसहित, सुरक्षाकर्मी तथा घटनास्थलमा जम्मा भएका सर्वसाधारण परेका थिए ।

आतंकवादी संघठन आईएसले उक्त आत्मघाती बिस्फोटन गराएको अनुमान सरकारी अधिकारीहरुले गरेका छन् ।

दोस्रो बिस्फोट भने विशेष गरेर पत्रकारलाई नै लक्षित गरी गराइएको दाबी समाचार संस्था एएफपीले गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस