ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर

Tramp 3

अमेरिका । फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्।

विशेषगरी राष्ट्रवाद र पहिला अमेरिकाु भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे।

राष्ट्रपति माक्रोँले विश्वका अन्य नेताहरूलाई डोनल्ड ट्रम्पलाई कसरी सामना गर्ने भन्ने शिक्षा उत्कृष्ट शैलीमा दिएका छन् । एकदमै नजिक हुने, आवश्यक पर्दा ठट्टा गर्ने तर आफ्ना अडानहरू सशक्त ढङ्गले राख्ने नेताका रूपमा उनले आफूलाई उभ्याएका छन्।

एकदमै चलाखीपूर्ण रूपमा तयार गरिएको सम्बोधनमा उनले आफू र अमेरिकी राष्ट्रपतिबीचको निकटता कतिपयका लागि एकदमै हार्दिकतापूर्ण रहेको उल्लेख गरे। उनले फ्रान्स र अमेरिकाबीच रहेको एकदमै विशेष सम्बन्धको चर्चा गरेका थिए। तर त्यसपछि उनले ट्रम्पका नीतिहरूको आलोचना गरे। उनले खुल्ला व्यापार, विज्ञानको महत्त्व र समानताको कुरा गरे र ट्रम्पको पहिला अमेरिका भन्ने नीतिबारे पनि बोले।




प्रतिकृया दिनुहोस