दैनिक २० किलो सुन तस्करी, तस्करीको सुन भारततर्फ

Gold

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले केही दिन अघि भनेको थिए, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन भित्रिने गरेको छ ।’

गृहमन्त्रीको भनाईलाई नेपाली बजारको माग र आपुर्तीले पनि पुष्टि गरेको छ । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्ने अनुमति दिएको छ । तर, सुन चाँदी व्यवसायी दैनिक ४० किलो सुन खपत हुने गरेको बताउँछन् । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ ।

वाणिज्य बैंकहरूले आलोपालो नियममा रहेर दैनिक २० किलो सुन आयात गर्छन् । तर, औसतमा यो मागभन्दा करिब ६० प्रतिशत मात्रै रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । यति सुन देशभर रहेका २२ हजार व्यवसायीका लागि पर्याप्त नहुने उनको भनाइ छ । अफसिजनमा आयात भएको सुनको स्टक, ग्राहकले बिक्री गर्ने सुन र साटफेर गरेर जेनतेन बजारको माग धान्ने गरेको उनले बताए ।

तर, राष्ट्र बैंकले भने दैनिक २० किलो सुनले नेपाली बजारको माग धान्ने गरेको पटक–पटक बताउँदै आएको छ । त्यसो भए तस्करी भएर भित्रिने सुन कहाँ जान्छ त ? व्यवसायी र बैंकका अधिकारीहरूको जवाफ एउटै छ । तस्करी भएको सुन भारततर्फ जाने गरेको अनुमान दुवै पक्षको छ । यो सुन स्वदेशी बजारमा आपूर्ति नभएको व्यवसायीहरूको दाबी छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा चार हजार सात सय ५० केजी सुन आयात भएको छ । जसको मूल्य २० अर्ब ३५ करोड ७७ लाख रुपैयाँ पर्छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । आव ०७३/७४ को आठ महिनामा १ अर्ब ५६ करोड ९२ लाख मूल्यबराबरको तीन हजार ६ सय ५० केजी सुन आयात भएको विभागको तथ्यांक छ ।

समीक्षा अवधिमा सरकारले सुन आयातबाट एक अर्ब ९९ करोड ५० लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सुन आयातबाट १ अर्ब ५३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । अहिले सुन आयातको भन्सारदर प्रति १० ग्राम ४ हजार २ सय रुपैयाँ छ ।

सरकारले अघिल्लो वर्षदेखि सुनको कोटा बढाएर दैनिक २० केजी आयात गर्ने व्यवस्था गरेपछि गत आवको पछिल्ला महिना र चालू आवमा सुन आयात बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । त्यसअघि प्रतिदिन १५ केजी सुन आयात गरिन्थ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...