‘अल्लाह साक्षी राखी' मृत्युदण्ड पर्खेका नेपालीलाई माफी

Saudi mafi

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक नेपालीलाई पीडित परिवारले माफी दिएका छन् ।

धनुषाका उमेश यादवलाई ११ वर्षअघि पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको आरोप लागेका थियो । ६ वर्षअघि नै स्थानीय अदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो ।

बुधबार पीडित पक्षको घरमै पुगेका उमेशका आफन्त र पीडित पक्षबीचको छलफलपछि उमेशलाई माफि दिन पीडितका परिवार तयार भएका हुन् ।

नेपाली पक्षले पीडित परिवारलाई ब्लडमनी दिने सहमती समेत पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पीडित पक्ष र उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायबीच सौहर्दापूर्ण छलफल भएपछि पीडित पक्ष उमेश यादवलाई माफी दिन तयार भएको हो ।

पीडित परिवारलाई भेटाउनका पाकिस्तानी नागरिक जनाव जैइब कलमटयी र फरान अदिललगायतले सहयोग गरेका थिए ।

दुई परिवारबीच मेलमिलापको लागि भूमिका खेलेका पाकिस्तानी वकिल मुहम्मद नुक्वासले पीडित पक्षले माफी दिएर पाकिस्तानीहरु ठूलो दिल भएको नागरिक भएको प्रमाणित गरेको बताए। ‘हामी पाकिस्तानी निकै ठूलो दिल भएको मानिस हौं। यसलाई पीडित पक्षले पुष्टि गरेको छ,’ उनले भने।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...