अन्धाधुन्ध गोली हान्दा चारको मृत्यु

Goli chalda

काठमाडौं । अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको बाहिरी इलाकामा एक नग्न बन्दुकधारीले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।

हमलाकर्ता स्थानीय समयानुसार बिहान तीन बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेको र सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जनाएको छ ।

घटनामा अन्य दुईजनासमेत घाइते भएका छन् । तीमध्ये एकले हमलाकर्ताको हातबाट उनको राइफल खोसेका थिए । यसै क्रममा हमलाकर्ता घटनास्थलबाट फरार भए ।

पुलिसले हमलाकर्ताको पहिचान २९ वर्षीय ट्रेविस रेनकिंगको रुपमा गरेको छ । उनको खोजी कार्य जारी छ ।

न्यासभिलका पुलिस प्रवक्ता डान एरोनका अनुसार ट्रेविसलाई गत वर्ष ह्वाइट हाउस नजिकैबाट पक्राउ गरिएको थियो । उनलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि पक्राउ गरिएको थियो ।

 

हमलाकर्ता एक पिकअप ट्रकमार्फत रेष्टुरेन्ट बाहिर पुगे र लगत्तै बाहिरका दुईजनामाथि गोली हाने । त्यसपछि उनले रेष्टुरेन्ट भित्र गएर गोलीबारी गरे ।

तीनजनाको घटनास्थलमा नै मृत्यु भयो भने चौथो व्यक्तिको अस्पतालमा मृत्यु भयो ।

पुलिसका अनुसार हमलाकर्ता नग्न थिए र उनले शरिरमा एक हरियो ज्याकेट राखेका थिए । घटनास्थलबाट भाग्ने क्रममा त्यो ज्याकेट पनि खसेको पुलिसले जानकारी दिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...