सिन्डिकेट प्रकरण : यातायात व्यवसायी हायल कायल

Sindiket

काठमाडौं । सरकारले सिन्डिकेट अन्त्य गर्ने घोषणा गरी यातायात व्यवसायी समितिमाथि हस्तक्षेप गर्न थालेपछि व्यवसायीहरु हायल कायल हुन थालेका छन् । 

वर्षौंदेखि यातायातमा सिन्डिकेट लगाउँदै आएका व्यवसायीले सरकार विरुद्ध आन्दोलन गर्ने धम्कि दिएका थिए । तर, आन्दोलन गरे बैंक खाता नै रोक्का गरिदिने सरकारको चेतावनी पछि व्यवसायीहरु हैरान भएका हुन् । उनीहरुलाई आफ्नो सम्पत्ति लुकाउने चिन्ताले सताएको छ ।

आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल अचल सम्पत्ति नै विक्री गर्ने प्रयासमा देखिएका छन् ।

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालागतका कारावाही गर्ने चेतावनीसँगै देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ ।

सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचखिनको प्रयास गरेको पनि खुलेको छ ।

प्रतिकृया दिनुहोस