भारतमा आयो नयाँ कानुन, बालिका बलात्कारीलाई फासी दिइने

Balika rep

काठमाडौं । दिनहुँ बलात्कारका घटना हुन थालेपछि भारत सरकारले कडा कानुन बनाएको छ ।

खासगरी बालिका बलात्कार गर्नेलाई अब भारतमा फासी दिइने भएको छ । बालिकामाथि बलात्कार गर्नेलाई फासी दिने सजाय सहितको अध्यादेश भारतीय सरकारले पारित गरेसँगै अब भारतमा फासीको सजाय हुने भएको छ ।

बालिकामाथि हुने बलात्कारका घटनामा कडा सजायको प्रावधान राख्ने गरी सरकारले शनिवार अहम फैसला लिएको छ । सरकार १२ वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कारका दोषीलाई फासी दिने कानुन बनाउन बाटो खुल्ला गरेको छ ।

प्रधानमन्त्री आवासमा करिब अढाई घण्टा चलेको क्याबिनेट बैठकमा कानुन बनाउन फासीको कानुन बनाउने गरी अध्यादेश ल्याउने अनुमति दिइएको छ । बलात्कारको घटनामा हुने सुनवाईमा तीब्रता दिन पनि कानुनमा सुधार गरिने भएको छ ।

१२ वर्षसम्मकी बालिकामाथि बलात्कारमा दोषीमाथि कमसेकम २० वर्ष या उम्रकैदको प्रावधान छ । अध्यादेशमा फासीको सजायको पनि प्रावधान छ । १६ वर्षसम्मका बालिकाहरुमाथि बलात्कार गरिए सजाय बढाएर २० वर्ष पुर्याइएको छ । यसलाई अझै बढाएर जन्म कैद बनाउने तयारी गरिएको छ ।

सन् २०१२ मा दिल्लीमा भएको निर्भया ग्याङरेप मामिलापछि क्रिमिनल एक्टमा अध्यादेशबाट परिवर्तन गरिएको थियो । यसअनुसार बलात्कारको मामिलामा मृत्यु भएमा दोषीलाई मृत्युदण्डको सजाय हुनेछ । अहिले भारतीय कानुनमा बलात्कार गर्नेमाथि कम्तिमा सात वर्षको सजाय हुँदै आएको छ ।

कठुआ, उन्नाव र सुरतमा बालिकामाथि भएका बलात्कारका घटनापछि भारतभर विरोध प्रदर्शन भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यी मामिलामा बोल्दै देशका छोरीलाई न्याय मिल्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...