आयुर्वेदिक अस्पतालमा थप नयाँ प्राकृतिक उपचारसेवा शुरु

Udayapur hospital

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप ४ वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ ।

वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पताल उदयपुरले थप नयाँ चार प्रकृतिका उपचार विधि सञ्चालन गरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालका डा सञ्जीवकुमार यादवका अनुसार प्राकृतिक उपचार सेवा पञ्चकर्म, षटकर्म, बमन, बिरेचन, बस्ती, नात्स्य र रक्तपोक्षण सेवा शुरु गरिएको हो ।

डा यादव भन्छन्, ‘अहिले एलोप्याथिक उपचारले होमियोप्याथिक र आयुर्वेदिक उपचार छायामा परेको भए तापनि यसलाई अझ प्रभावकारी बनाउन हामीहरुले थप प्राकृतिक उपचार विधि शुरु गरेका हौँ ।’

यो विधि प्राकृतिक उपचार पद्धति र योगामा आधारित विधि भएका कारण यसले आयुर्वेदिक उपचार सेवालाई अझ प्रभावकारी बनाएर जीवन्त बनाउन सहयोग हुने डा यादवको धारणा छ ।

सरकारले विगतदेखि शुरु गर्दै आएको आयुर्वेदिक उपचार विधि र आयुर्वेदिक अस्पताललाई प्रभावकारी बनाउन आफूहरुले यो उपचार विधि शुरु गरेको सगरमाथा आयुर्वेदिक अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी बताउँछन् ।

सगरमाथा आयुर्वेदिक अस्पतालले यो सेवा सञ्चालन गर्न शुरु गरेको र यसका लागि भौतिक व्यवस्थापन पक्षका लागि पनि पूर्ण तयारी गरिएको प्रमुख चौधरीले बताए ।
सो आयुर्वेदिक औषधालय अस्पताल जिल्लाकै पुरानो आयुर्वेदिक अस्पताल हो ।

अन्य आधुनिक एलोप्याथिक अस्पताल र क्लिनिकका कारण यो अस्पताल तथा औषधालय छायामा पर्दै आइरहेका बेला अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले उपचार पद्धतिमा नयाँ प्रविधिको शुरुवात गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...