डा. दासको के छ धन्धा र बारम्बार धाउँदैछन् शक्तिकेन्द्र ?

दासको फन्धा फस्टाउला त फेरि ?

Bp das

काठमाडौं । केही समययता धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचार, अनियमितता, चरम लापरवाहीका कारण विवादमा फस्दै आएको छ ।

यो शिलशीला लामो समयदेखि चल्दै आएको छ । डा. विवि दास (बलभद्र) उपकुलपति (भिसी) भएको बेला प्रतिष्ठानमा ठूलो अनियमतिता भएको थियो । भ्रष्टाचार र निकै ठूलो अनियमितता गरेकै कारण डा. दास अख्तियारको फन्दामा परेका थिए ।

अहिले फेरि तिनै डा. दास शक्तिकेन्द्रको आँडमा प्रतिष्ठानको भिसी बन्ने दाउँमा छन् । डा. दास अहिले हालका उपकुलपति आरके रौनियारलाई नै असक्षम देखाउँदै शक्तिकेन्द्र सामु बिन्तिपत्र पेश गरिरहेका छन् ।

डा. दास उपकुलपति भएको बेला प्रतिष्ठानको नियम विपरीत काम गरेकाले प्रशाषन नै कमजोर बनेको थियो भने प्रतिष्ठान बारम्बार विवादको घेरामा परेको थियो ।

छोरी पढाउन अदालत
उनले सन् २०१६ मा एमडी/एमएस कार्यक्रममा भनसुनका भरमा तीन जनालाई छात्रवृत्ति परिचालन कार्यविधि, २०७२ विपरीत प्रक्रिया नपु¥याई निःशुल्क कोटामा अध्ययन गर्न दिएका थिए । त्यति मात्र होइन, छात्रवृत्तिको कोटामा कम नम्बर ल्याएकालाई समावेश गरेर आर्थिक अनियमितता गरेको आयोगकै प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा एमडी÷एमएस अध्ययन गर्ने कुनै पनि विद्यार्थीले सरकारको छात्रवृत्तिमा मात्र पढ्न पाउने व्यवस्था भए पनि मेरिट लिस्टमा नै नपरेकी आफ्नी छोरीलाई पढाउनुपर्छ भनेर दासले अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतले दासको विपक्षमा फैसला गरिदिएको थियो ।

दासका बदमासी
चिकित्सा शिक्षा जाँचबुझ आयोगले डा. दासलाई सरकारी सेवामा अयोग्य ठहर गरेको छ । उनले जानीजानी कानुनविपरीतका काम गरेकाले भविष्यमा कुनै पनि सरकारी र अर्धसरकारी सेवामा नियुक्ति वा मनोनयनमा बन्देज लगाउन सिफारिस गरेको थियो ।

डा. दासले भेन्टिलेटर, अक्सिजन प्लान्टजस्ता उपकरणहरु व्यापारीसँगको मिलेमतोमा खरिद गरेको र नियमविपरीत पहिले नै सबै भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिष्ठानको ३९औं सिनेटले करिव ७६ करोडमा मातृ शिशु अस्पताल भवन बनाउने स्वीकृति गरे पनि उनले २ सय ४९ करोडको टेण्डर स्वीकृत गराए । यो भवन बनाउने योजना स्वास्थ्य मन्त्रालयको योजनामा परेको थिएन ।

२०७३ जेठ १९ गते मोडुलर ओटीको निम्ति टेण्डर आव्हान भएको थियो । जसमा तीनवटा कम्पनीले दरखास्त हालेका थिए तर एमएस की कन्सेप्ट नेपाल प्रालिले प्रस्ताव गरेको १३ करोड ८४ लाखमा टेण्डर स्वीकृत भयो ।

ताकी त्यतिबेला अन्य दुई कम्पनीले पनि टेण्डर हालेका थिए । उनीहरुले हालेको टेण्डर एमएसलाई दिइएको थियो । प्रतिष्ठानमा अवस्थित भारतीय फ्रेन्चाइजी किड्जी मन्टेश्वरी स्थापना गर्न पनि बिनाटेण्डर दासले स्वीकृत दिएको स्रोतले बताएको छ ।

दासमाथि लागेका अन्य आरोप
करिव ५ कठ्ठा जग्गा अत्यन्तै न्यून भाडामा दिइएको, प्रतिष्ठानमा चिकित्सकहरुलाई बस्न आवासको अभाव हुँदाहुँदै महिनाको ५ हजार रुपैयाँ भाडामा दिएको आरोप दासमाथि लागेको छ ।

शैक्षिक भवन निर्माणको लागि लामा कन्ट्रक्सनका सुशील झासँगको मिलेमतोमा डा. दासले गुणस्तरीय सामाग्री प्रयोग गरेको, निर्माणको वर्ष दिन नपुग्दै भवन जीर्ण भएर पानी चुहिने भएको, छत खसेको र कति ठाउँमा खस्ने र दुर्घटनाको खतरा भएको आरोप छ ।

उनीहरुलाई अध्ययन गर्न दिनका लागि प्रतिष्ठानको परीक्षा समिति, कार्यकारी समिति तथा कुनै पनि समितिबाट निर्णय नगरेको आरोप पनि दासमाथि लगाइएको छ ।

डा. प्रतिष्ठानको उपकुलपति हुँदा दर्जनौ आरोप लागेको छ । यसबाट बच्न नी यतिबेला शक्ति र आर्थिक प्रभाव पार्दै विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् ।

प्रतिकृया दिनुहोस