किन दिए वीपी प्रतिष्ठानका डेपुटी रजिष्ट्रारले राजीनामा ?

Dr. rauniyar

धरान । पछिल्लो समयमा संकटमा पर्दै आएको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप संकट पैदा भएको छ ।

प्रतिष्ठानका उपकूलपतिको चरम भ्रष्टाचारविरुद्ध डेपुटी रजिष्ट्रारले विद्रोह गरेका छन् । प्रतिष्ठानमा भइरहेको चरम भ्रष्टाचारमा उपकूलपतिले आफुलाई समेत मुछ्न खोजेको आरोप लगाउँदै प्रतिष्ठानको खरिद तथा मुल्याङकन समिति र उपकूलपतिको सचिवालय प्रमुखसमेत रहेका अमित श्रीवास्तवले समेत राजिनामा दिएका हुन् ।

प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले डेपुटी रजिष्ट्रार श्रीवास्तवले राजीनामा दिएको पुष्टि गरेका छन् ।

प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार उपकूलपतिमा नियुक्ति भएसँगै उपकरण खरिद र भवन निर्माणमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई समेत अधिकार विहिन बनाएर लूटतन्त्र मच्चाएका थिए ।

उनले रजिष्ट्रारलाई बाईपास गर्न डेपुटी रजिष्ट्रारलाई हातमा लिएर भ्रष्टाचार गर्ने बाटो अपनाए पनि डेपुटी रजिष्ट्रारले उपकूलपतिको भ्रष्टाचारमा आफु संलग्न हुन नसक्ने भन्दै राजिनामा बुझाएका हुन् । डेपुटी रजिष्ट्रारले मुल्याङकन समिति र सचिवालय प्रमुखबाट राजीनामा दिएपछि प्रतिष्ठानमा कार्यरत अन्य कर्मचारीले समेत उपकूलपतिविरूद्ध राजीनामा नै दिएर आन्दोलन गर्ने बताएका छन् ।

उपकुलपति डा. रौनियारले डेपुटी रजिष्ट्रारमार्फत एमआरआई उपकरण खरिदलाई बैधानिकता दिन खोजिरहेका थिए । पछिल्लो समय प्रतिष्ठानमा उपकूलपति डा. रौनियारले पदीय दुरूपयोग गर्दै अंकोलोजी, कार्डियोलोजी भवन निर्माणको परामर्शदाता छनौटमा भ्रष्टाचार गरेका थिए ।

उपकूलपतिले डेपुटी रजिष्ट्रार तथा मुल्यांकन समिति प्रमुखलाई दवाव दिएरै केज कन्सल्टेन्सीका सञ्चालक बिष्णुपन्थीसँग कमिसन वार्गेनिङ गराई अनुचित तवरले मुल्यांकन गर्न लगाई लागतको ३.६ प्रतिशतमा परामर्शदाता नियुक्त गरेका थिए ।

सँगैको २.८ अरबको मातृ शिशु भवनको परामर्शदाता शुल्क लागतको १.४ प्रतिशत लिएको केज कन्सल्टेन्सीले यस कामवापत डा. रौनियार र निजको सचिवालयलाई सम्झौता गरेकै दिन ३.५ करोड कमिसन दिनुपर्ने शर्त थियो ।

यसैअनुरुप ड्रईङ डिजाइनमै आधा भन्दा बढी रकम दिने गरी सम्झौता गरियो र, हतार हतार १५ दिनमा ड्रईङ डिजाइन गर्न लगाई ७ करोड भुक्तानी दिईयो । ततपश्चात भवन निर्माणको निमित्त ठेक्का खोलेर कमिसनको कुरा नमिलेपछि ठेक्का खोल्ने २ घण्टा अगाडी रद्द गरियो । यो काण्डले पुर्वाञ्चलवासीको धरानमै क्यान्सर र मुटु रोग उपचार गर्ने सपना चकनाचुर भएको थियो ।

यसमा चलाखीपुर्वक डा. रौनियारले ३।५ करोड असुल्ने मौका पाएका थिए । तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले कारवाही गर्न लाग्दा डा. आरजु देउवालाई उमेश श्रेष्ठमार्फत रौनियारले १ करोड दिएर आफ्नो पद जोगाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...