एयर होस्टेजलाई बन्धक बनाएपछि बिमान आकस्मिक अवतरण

Air china

एजेन्सी । एयर चाइनाको आइतवारको उडानमा एक यात्रुले कलमको सहयोगमा एयर होस्टेसलाई बन्धक बनाएका छन् ।

त्यसपछि कर्मचारीले मध्य चीनको झेङ्गझोऊ एयरपोर्टमा जहाजलाई आपतकालिन अवतरण गराउन बाध्य भएका छन् । एयर होस्टेसलाई बन्धक बनाइएपछि आपतकालिन अवतरण गराएर अवस्थालाई नियन्त्रणमा लिइएको छ ।

जहाजले हूनान प्रान्तकको चाङ्गशाबाट बेइजिङका लागि उडान भरेको थियो । चीनको नागरिक उड्ययन प्राधिकरणका अनुसार आरोपी यात्रुले चालक दलका सदस्यलाई धमक्याउन यसो गरेका हुन् ।

जाँच एजेन्सीले ती यात्रुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छन् । समाचार एजेन्सीका अनुसार एयर चाइनाको उडान नम्बर १३५० ले बिहान ८ बजेर ४० मिनेटमा चांगसाबाट उडान भरेको थियो ।

यो जहाजलाई ११ बजे बेइजिङ पुग्नु थियो । यसै क्रममा एक यात्रुले एयर होस्टेसलाई बन्धक बनाए । तर कर्मचारीहरुको सुझबुझका कारण जहाजलाई झेङ्गझोऊ एयरपोर्टमा अवतरण गराइयो ।

यस घटनापछि यहाँको सुरक्षाव्यवस्ता कडा बनाइएको छ। एजेन्सीहरुले आरोपी यात्रुलाई नियन्त्रणमा लिएर बन्धक संकट समाप्त गरे । जहाजका सबै यात्रु पनि सुरक्षित रहेका छन् ।

यस जहाजमा सवार एक यात्रुका अनुसार यो घटना बिजनेस क्लासमा भएको हो । यसलाई इकोनोमी क्लासबाट छुट्याउने ढोका बन्द थियो । यहीकारण कसैलाई भित्र के भइरहेको छ भन्ने कुरा थाहा नै हुन सकेन ।

जब यात्रुले झ्यालबाट बाहिर चिहाए तब एयरपोर्टमा हतियारसहितका सुरक्षाकर्मी तैनाथ थिए । उनीहरुसँगै अग्निनियण्त्रक साधन र एम्बुलेन्स पनि देखिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...