सिरिया आक्रमण : दमास्कस कस्तो देखिन्छ ?

Siria 2

दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन्छन् । जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन ।

पसलहरू खुला छन् र मानिसहरू काममा गइरहेका देखिन्छन् । सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिसहरू भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति बशर अल असदको पक्षमा नाराबाजी गरिरहेका छन् ।

कतिपय प्रदर्शनकारीले असदको तस्वीर बोकेका छन् । उनीहरू भन्छन्, ‘आफूहरू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भन्न चाहन्छौँ र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको हाम्रो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन सक्दैन ।’

उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...