सिरियामा आक्रमण गरेपछि ट्रम्पले भने ‘मिसन पुुरा भयो’

Syriaaa

एजेन्सी– शनिबार भएको सिरियामाथिको आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् । आक्रमण भएको केही घण्टापछि ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो मिसन पूरा भएको बताएका हुन् ।

उनले आफ्नो सेनाप्रति गर्ब समेत गरेका छन् ।  राष्ट्रपति ट्रम्पले आफुहरुलाई साथ दिने बेलायत र फ्रान्सलाई समेत धन्यवाद दिएका छन् ।

उनले भनेका छन्ः ‘गएको रात एउटा सफल हमला भएको छ, फ्रान्स र ब्रिटेनले बुद्धि पुर्याएका छन् र ती देशका सेनाले देखाएको सानदार शक्ति प्रदर्शनप्रति धन्यवाद दिन्छु, हाम्रो मिसन पूरा भएको छ ।’ उनले लेखेका छन्ः ‘हाम्रो महान सेनाप्रति म गर्ब गर्छु, जो करोडौं डलर खर्चिएर इतिहासकै सबैभन्दा शक्तिशाली सेना बनेको छ, उसको वरिपरि अब कोही हुनेछैन ।’

शनिबारदेखि अमेरिकाको नेतृत्वमा बेलायत र फ्रान्सका सेनाले सिरियामाथि संयुक्त आक्रमण सुरु गरेका छन् । रसिया, इरान लगायतका मुलुकहरुले सो आक्रमणको चर्को विरोध गरिरहेका छन् । रसियाले यो आक्रमणलाई सिरियाको राष्ट्रियतामाथिको हस्तक्षेप भन्दै राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बोलाउन माग गर्ने बताएको छ ।  

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका हुन् । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका गरिएको थियो ।

ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएको देखिएको छ ।

शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...