डिप्रेसनलाई ठुलो असरहरु चाहिन्न है,तपाईलाई यी लक्षण देखा परेको छ एक पटक पढ्नुहोस समाधान उपायसहित

Depression 1

काठमाडौँ । हरेक व्यक्ति जीवनमा एकपटक डिप्रेसनको सिकार हुने गर्छन् । डिप्रेसन यस्तो मनोदशाा हो जसमा व्यक्तिलाई हरेक कुरा निरर्थक लाग्न थाल्छ । व्यक्ति कुनै पनि काम गर्न मन नलाग्ने अवस्थामा पुग्छ ।

त्यसपछि व्यक्ति दुःखी गाना सुन्नेदेखि एक्लै बस्ने अवस्थासम्म पुग्ने गर्छ । सामान्य अवस्थामा एक्लै बस्नु केही हदसम्म ठिकै पनि हो । एक्लै बस्दा मानिसको सिर्जनशीलता बढ्ने गर्छ । डिप्रेसन भएको अवस्थामा एक्लै बस्दा भने मानिसको मनोविज्ञानमै असर पर्न सक्छ । त्यसले व्यक्तिमा थप पीडा सिर्जना गर्छ ।

अझ त्यही समयमा भावुक तथा दुःखी गीत सुन्नाले व्यक्तिमा थप सिर्जना हुनसक्छ । त्यसले व्यक्तिको शरीरमा समेत प्रत्यक्ष असर पार्ने गर्छ ।

डिप्रेसनबाट ग्रस्त व्यक्तिहरूले आफूलाई डिप्रेसन भएको महसुस भएमा यी कुराहरूबाट टाढा रहन जरुरी छः

फास्डफुडको परेज

डिप्रेसनका विरामी पिज्जा, बर्गर लगायतका फास्टफुडबाट टाढा रहनु पर्छ । यस्ता खानेकुरामा अजिनोमोटोको प्रयोग बढी मात्रामा हुने गर्छ । यसले हड्डीलाई कमजोर बनाउनुका साथै मस्तिष्कलाई समेत सुस्त बनाउँदै लान्छ ।

यसमा हुने अखाद्य वस्तुले शरीरमा हर्मोनको गडबडी हुने गर्छ, जसका कारण व्यक्तिमा गम्भीर डिप्रेसन निम्त्याउनसक्छ । त्यसैले पनि चिकित्सकहरू डिप्रेसनका बिरामीहरूलाई फास्टफुड सेवन नगर्न सुझाव दिने गर्छन् ।

चिल्लो तथा तारेको खानेकुरा नखाने

विभिन्न अनुसन्धानहरूले जनाए अनुसार भुटेको, तारेको तथा चिल्लो खानेकुराले उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्या निम्त्याउने गर्छ । त्यस्ता अनुसन्धानहरूले कतिसम्म पनि भनेको छ भने एक पटकमा १५ वटा चिप्सको सेवन गर्नाले मात्र पनि विस्तारै विस्तारै मोटोपना बढ्ने गर्छ । तारेको, भुटेको तथा चिल्लो खानेकुरामा रहने ट्रान्सफ्याटले व्यक्तिको आवेग समेत बढाउने गर्छ । अनुसन्धानकर्ताहरू डिप्रेसनका बिरामीहरूलाई यस्ता खानेकुरा सेवन नगर्न सुझाव दिने गर्छन् ।

एक्लै नबस्ने

डिपे्रसनबाट पीडित व्यक्ति एकान्तमा बस्न रुचाउने गर्छन् । डिप्रेसनमा एक्लै बस्नु घातक हुनसक्छ । त्यसैले हरेक व्यक्तिले आफ्नो मनमा लागेको कुरा अरूसमक्ष राख्ने बानी बसाल्नु पर्छ ।

सकेसम्म साथीभाइ तथा परिवारका सदस्यसँगै बस्नु पर्छ । घुममिल हुने तथा आफूलाई मनमा लागेको कुरा अरूलाई भन्ने गर्नुपर्छ । एक्लै बस्दा डिप्रेसन बढ्ने खतरा हुन्छ र यसले मनोदशालाई अझ धेरै प्रभावित पार्दछ ।

दुःखी हुने गीत नसुन्ने

कतिपय व्यक्तिहरू डिप्रेसनमा रहँदा वा तनाव हुँदा दुखी गीत सुन्ने गर्छन् । दुःखी गीतले मनलाई अझै धेरै दुःखी बनाउन सक्छ । तनाव भएमा वा डिप्रेसन भएमा कहिल्यै पनि यस्ता गीत सुन्नु हुँदैन । यसले व्यक्तिलाई अझ धेरै भावुक बनाएर गम्भीर डिप्रेसनमा पुर्‍याउनसक्छ ।

डिप्रेसनबाट बच्ने उपाय

डिप्रेसन एक प्रकारको मानसिक विकास हो, जसमा कुनै एक तत्वलाई मात्र जिम्मेवार ठहर्‍याउन सकिँदैन । कमजोर मुटु तथा आत्मविश्वासको कमी भए पनि व्यक्ति डिप्रसनको शिकार हुने गर्छ ।

मस्तिष्कमा सेराटोनिन नामक तत्वको कमी भएमा पनि व्यक्तिमा डिप्रेसन हुने गर्छ । त्यसबाहेक, मानसिक आघात, नराम्रो अनुभव वा घटना, चाइल्डहुड ट्रमाका आदिका कारण पनि व्यक्तिलाई डिप्रेसन हुने गर्छ ।

डिप्रेसनबाट बच्नका लागि पनि सकारात्मक सोच आवश्यक छ । स्वस्थ जीवनशैली अपनाएर पनि व्यक्ति तनावरहित जीवन बाँच्नसक्छ । त्यसको लागि पर्याप्त निद्रा, पौष्टिक खानेकुराको सेवन तथा व्यायाम जरुरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...