अल्जेरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५७ पुग्यो

Aljeria

अल्जेरियामा एउटा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या कम्तिमा २ सय ५७ पुगेको छ ।

त्यहाँको रक्षा मन्त्रालयका अनुसार मृतकमध्ये अधिकांश सैनिक जवान तथा अधिकारी र उनीहरूका परिवारका सदस्य छन् । मृतकमध्ये १० जना विमान चालक दलका सदस्य थिए ।

विमान स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीहरूका अनुसार रनवेबाट कालो धुँवाको मुस्लो आएको थियो । विमानमा लागेको आगो निभाउन १० यन्त्रहरूको प्रयोग गरिएको थियो । त्यस्तै दर्जनौं एम्बुलेन्स विमानस्थलमा देखिएका थिए ।

अल्जेरिया समर्थित तथा पश्चिमी साहारा क्षेत्रमा मोरोक्कोबाट अलग हुन खोजिरहेका पोलिसारियो मोर्चाका २६ जना सदस्यहरू मारिने मध्येमा छन् । राजधानी अल्जियर्समा रहेको बोउफारिक सैन्य विमानस्थल नजिकै सैन्य विमान दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन । त्यहाँका प्रधानसेनापतिले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उक्त सैन्य विमानमा सैनिकका अलवा ठूलो मात्रामा सैन्य सामाग्री रहेको बताइएको छ ।

विमानस्थलबाट हुने उडान र अवतरणका सेवा तत्काललाई पूर्ण रुपमा स्थगित गरिएको छ । आपतकालिन सेवा सुरु गरिएका छन् । अल्जेरियाको सेनाले स्थानीय सञ्चारमाध्यमलाई कोहीपनि जिवित हुने सम्भावना नरहेको बताएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...