ख्याल गर्नुस्, शहरिया महिलामा बढ्दो छ यस्तो रोग

Capture

काठमाडौँ । हाम्रो स्वास्थ्यमा हाम्रो जीवनशैलीको सबैभन्दा बढी असर पर्दछ । यदि तथ्याङ्क हेर्ने हो भने पुरुषको तुलनामा महिलाहरुमा जीवनशैलीसँग सम्बन्धित रोग तिव्रताका साथ बढ्दै गरेको पाइन्छ ।

सहरमा बस्ने १८ देखि ३५ वर्ष उमेर समूहका अधिकांश महिलाहरु तनाव, जोड्नी दुखाई, मोटोपना, मधुमेह र थायरायडजस्ता समस्या झेलिरहेका छन्।

हालै एउटा अनलाइन फार्मेसी स्टोर केयर अन गोले गराएको सर्वेमा यो तथ्य खुलासा भएको हो । सर्वेमा त्यस्ता व्यक्तिलाई संलग्न गराइएको थियो, जसले माथि उल्लेखित रोगका लागि औषधि मगाउने गरेका थिए । यसमा महिलाको संख्या पुरुषको तुलनामा धेरै पाइयो ।

६ महिनासम्म विभिन्न सहरमा अनलाइन औाधिको अर्डरको रेकर्ड हेर्दा करिब ४० प्रतिशत औषधि जीवनशैलीसँग सम्बन्धित रोगका लागि अर्डर गरिएको पाइएको थियो ।

विशेषज्ञहरुका अनुसार महिलाहरु पुरुषको तुलनामा बढी विरामी रहन्छन् । यसको कायौ कारण छ । विशेषज्ञहरुका अनुसार महिलाहरुमा भिटामिन डीको पोषण त्यति मिल्दैन जति उनीहरुलाई आवश्यक पर्दछ ।

भारतको मुलचन्द अस्पतालका मेडिसन सल्लाहकार डाक्टर श्रीकान्त शर्माका अनुसार शरीरमा क्याल्सियम संग्रहित गर्नका लाग भिटामिन डी हुनु आवश्यक पर्दछ ।

पर्याप्त मात्रामा भिटामिन डी प्राप्त नहुँदा हड्डीलाई क्याल्सियम पप्त हुँदैन । तयसबाट हड्डीहरु कमजोर हुने गर्दछ । त्यति मात्र होइन एउटा ताजा अध्ययनका अनुसार भिटामिन डीको कमीका कारण मधुमेहको खतरासमेत बढ्ने गर्दछ ।

विशेषज्ञहरुका अनुसार कम सुत्नु, धुमपान, मदिरापान, व्यायप नगर्नु पनि जीवनशैलीसँग सम्बन्धित रोग निम्ताउने कारण हुन् । जसबाट स्वास्थ्य समस्याको खतरा बढ्दछ ।

जुन मानिसमा तनाव छ, उनीहरुमा मधुमेहको खतरा अन्यको तुलनामा कयौ गुणा बढी हुने गर्दछ । केयर अन गोका सहसंस्थापक रित सिंहका अनुसार सर्वेको मुख्य उद्देश्य जीवनशैलीसँग सम्बन्धित रोगहरु प्रति जागरुकता ल्याउनु थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...