पत्याउनुस् वा नपत्याउनुस् भारतमा इन्जिन विनै हजार यात्रु बोकेको रेल गुड्यो उल्टो

India train back

शनिवार भारतमा अचम्मको घटना भयो । जसलाई पत्याउन पनि गाह्रो छ । भारतको उडिसा राज्यमा इन्जिन विनै हजार यात्रु बोकेको रेल उल्टो गुड्यो । जसलाई पत्याउन पनि मुस्किल पर्छ ।

पत्याउनुस् वा नपत्याउनुस्, उडिसा राज्यमा एउटा यात्रुवाहक रेलका २२ वटा डिब्बाहरू इन्जिनबाट छुट्टिएर ११ किलोमिटर पछाडि कुदे । जुन आश्चर्यकै विषय बनेको छ । २२ वटा डिब्बामा मात्रै एक हजार यात्रु थिए ।

त्यति हुँदा पनि घटनामा कोही पनि घाइते भने भएनन् । गुडिरहेको रेलको डिब्बा पछाडी गुडेको थाहा पाएपछि रेलवेका कर्मचारीहरूले पटरीमा ढुंगा थुपारेर ती डिब्बाहरूलाई रोकेका थिए ।

सो घटनापछि रेल सेवाका सात जना कर्मचारी निलम्बनमा परेका छन् । मोबाइलबाट खिचिएको एउटा भिडिओमा रेलका डिब्बाहरू एउटा प्लेटफर्म हुँदै पछि गुडेको प्रत्यक्षदर्शीहरू चिच्याएको देखिन्छ ।

रेल मन्त्रालयका प्रवक्ता जेपी मिश्रका अनुसार निलम्बित कर्मचारीहरूले आवश्यक प्रक्रिया पूरा नगरेका बताइएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको छ । उनले डिब्बा छुट्याउँदा ब्रेक उपयुक्त ढंगमा प्रयोग नभएको वा त्यसबारे विचार नगरिएको अधिकारीहरूले बताएका छन् ।

दोहोरियो घटना
भारतमा दैनिक दुई करोड बीस लाख मानिसहरूले रेल प्रयोग गर्छन् । उनीहरूलाई सेवा उपलब्ध गराउन त्यहाँ झन्डै नौ हजार रेलहरू चल्छन् । दैनिक दुई करोड बीस लाख यात्रुले प्रयोग गर्ने भए पनि अधिकांश रेलहरू पुराना छन् ।

भारतमा त्यस्ता घटना पहिला पनि भएका छन् । गत नोभेम्बरमा यात्रा गरिरहेका किसानहरूको एउटा समूहले आफू ब्युँझिदा आफू चढेको रेल उल्टो दिशातिर १६० किलोमिटरको गतिमा कुदिरहेको चाल पाएका थिए ।

गत अगस्ट महिनामा उत्तर प्रदेशमा एउटा रेल पटरीबाट बाहिर निस्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...