स्वास्थ्य केन्द्रलाई २ करोडको जग्गा सहयोग

Land

दाङ । यहाँका एक व्यक्तिले स्वास्थ्य केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकालाई २ करोड बराबरको जग्गा सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले वडा नंं ८ मा सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रलाई स्व भीमसेनबहादुर शाहका छोरा अभिषेक शाहले तुलसीपुर ८ मा रहेको १३ कट्ठा जग्गा उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

सो जग्गाको चल्ती मूल्य १ करोड ९५ लाख रहेको प्रमुख पाण्डेले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभामा बुधबार शाहले जग्गाको लालपूर्जा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका छन् । जग्गादाता शाहलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सो अवसरमा सम्मानसमेत गरे ।

उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...