आर्थिक समृद्धिका लागि निजी क्षेत्रको पूँजी भित्र्याउनुस् सुरक्षाको ग्यारेण्टी सरकारले लिन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएकाले लगानी भित्र्याउन आह्वान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक आर्थिक बहस’ कार्यक्रममा उहाँले मुलुकको व्यापार घाटा न्यून गर्न र रोजगारी सिर्जना गर्न लगानीमैत्री कानून, विद्युत, श्रम समस्या सहजता एवं सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने प्र्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री राईले उद्योगको विकास र समृद्धिकालागि प्रदेश सरकारले जग्गा उपलब्धता सम्बन्धमा कार्य गरिरहेको बताउँदै यस सम्बन्धमा निजी क्षेत्रसँग हातेमालो गरी स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकार तयार रहेको जानकारी दिए ।
उनले प्रदेश सरकार तीव्रगतिमा विकास र समृद्धिका लागि कार्य गर्न निजी क्षेत्रसँगको सहकार्यमा नीतिनियम र कानून बनाउन तयार रहेको बताउँदै उद्योगलाई आवश्यक पर्ने कर छुटको व्यवस्था गर्न तयार रहेको बताए ।
मुख्यमन्त्री राईले विराटनगर विमानस्थल अन्तर्राष्ट्रियरुपमा प्रयोगका सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिँदै प्रदेशको तीन भारतीय छिमेकी प्रदेशका जनतालाई धार्मिक तथा हिमाली पर्यटकका रुपमा यस क्षेत्रमा ल्याउने कार्य भएमा मुलुकको व्यापार घाटामा केही सहजता हुने बताए ।
महासंघका अध्यक्ष भवानी राणा, नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता टंक आङ्गवुहाङ, नेपाली कांग्रेसका प्रदेश सचेतक केदार कार्की, प्रदेशसभा सदस्यद्वय मोहनकुमार खड्का र विमल कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, महासंघका उपाध्यक्ष शेखर गोल्छा, महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, उपाध्यक्ष राजेन्द्र राउतलगायतले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योग स्थापना गर्न जग्गा उपलव्धता हुनुपर्ने, विद्युतमा सहजता र श्रम उद्योगमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उद्योगी अविनाश बोहरा, पिके झा र श्याम दाहालले मुलुकको आर्थिक विकास सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
उद्योग वाणिज्य महासंघको विधान संशोधन, घट्यो कार्यकाल पनि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थ...
दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी
धनगढी । दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग...
सेयर बजार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को विन्दुमा बन्द
काठमाडौं । आज ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज साताको अन्तिम दिन सेयर बजार नेप्से प...
तोलामा ३ सयले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय र...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै...
विदेशी विनिमय दर : पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, कुबेती दिनारको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य ...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस