मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

Manoranjan

काठमाडौँ । मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ ।

चेतना अभिवृद्धि केन्द्र क्याप नेपालले ३ दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो ।

स्वास्थ्य जाँचमा खटिएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट सेतोपानी जाने, पिसाब पोल्नेलगायतका समस्या देखिएको जानकारी दिइन । “जाँच गराएका ४२ महिलामध्ये २२ जनालाई पाठेघरको समस्या, ८ जनालाई मानसिक तनाव र ११ जनालाई ग्याष्ट्रिकको लक्षण देखिएको छ,” उनले बताइन ।

क्याप नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालिकाका लागि निःशुल्क मनोसामाजिक परामर्शसमेत दिएको छ । मनोविद् सनम पौडेलले मनोरञ्जन क्षेत्रका महिलालाई रातको समयमा निद्रा नलाग्ने, भविश्यको चिन्ता गर्ने, समाजबाट जोगिएर काम गर्नुपर्ने, बच्चाबच्चीको चिन्ता गर्नेलगायतका समस्या देखिएको बताए ।

क्याप नेपालका अध्यक्ष फरिन ठकुरीले मनोरञ्जनका क्षेत्रका काम गर्ने महिलालाई पुरानो भोगाइलाई बिर्सेर नयाँ काम गर्नतर्फ हौसला प्रदान गर्नका लागि मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको जानकारी दिए । उपत्यकाको नयाँ बसपार्क, कोटेश्वर, ठमेल र उपत्यका बाहिर सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरमा यस्तो परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको उनको भनाइ थियो ।

१५ वर्षदेखि निरन्तर महिला र बालिकाको हकअधिकार तथा श्रम संरक्षणको क्षेत्रमा काम गरेको क्याप नेपालले समस्यामा परेका २२ महिलालाई सेल्टर स्थापना गरेर संरक्षण दिँदै आएको कार्यक्रम व्यवस्थापक अभिषेक थापाले जानकारी दिए ।

नयाँ बसपार्कस्थित महानगरीय प्रहरी प्रभागले दिएको जानकारीअनुसार गोँगबु क्षेत्रमा ४० वटा डान्स तथा दोहोरी सञ्चालनमा छन् । प्रभागका प्रमुख प्रताप पौडेल मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य तथा हकअधिकारका लागि क्याप नेपालले राम्रो कामको थालनी गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...