आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी : राष्ट्रपति पुटिन

Putin

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको जानकारी दिए ।

रुसको केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षण गरी सो प्रतिक्रिया दिइएको हो ।

उनी मङ्गलबार बिहान सो घटनास्थलको निरीक्षणका लागि जागएका थिए । त्यस अवसरमा उनले भने, यसमा हेलचक्र्याइँ त छ नै, त्यो पनि आपराधिक प्रकृतिको छ त्यसका कारणले यो दुर्घटना भएको हो ।

यस्ता प्रकृतिका दुर्घटनाहरु अब हुन नदिन सतर्क रुपमा कामगर्न पनि उनले सबैलाई निर्देशन दिएका थिए । उनले यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरे ।

यस घटनामा घाइते भएका व्यक्ति र ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समेत आवश्यक सहयोग गर्न उहाँले आदेश दिएको समाचारमा जनाइएको छ ।


प्रतिकृया दिनुहोस