कसरी फेरियो राईको जिन्दगी (हेर्नुस भिडियो)

Rai 13

विराटनगर । लेटाङ नगरपालिका–१ थामडाँडाका कोशीकुमार राई भाँचिएको खुट्टाको उपचार गर्न कयौ अस्पताल पुगे । उपचारकै लागि भनेर झण्डै १२ लाख खर्चिए । तर, भाँचिएको खुट्टाले टेक्न मिन्नुको सट्टा उल्टै पिडा बल्झियो ।

राम्रो उपचारको खोजिमा भौतारिरहेका राईका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान जस्तै बनेको छ । अरु अस्पतालमा लाखौं खर्चिएर उपचार गराउँदा पनि निको नभएर समस्या झेल्दै आएका वेला नोबेलमा निःशुल्क उपचार पाएर खुट्टा ठिक हुन थालेपछि राईलाई ‘देउता’ भेटिएजस्तो भएको हो ।
‘उपचारका लागि धेरैतिर धाउँदा पैसामात्र सकियो, तर, निको भएन ।’ राईले भने ‘अहिले नोबेल अस्पतालले निःशुल्क उपचार गर्दिएपछि साच्चै नै ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ ।’

चार बर्षअघि डाले घाँस काट्न रुखमा चढेका वेला हाँगो भाँचिएर लड्दा राईको दाहिने खुट्टा भाँचिएको थियो । त्यसपछि उनले पूर्वका बिभिन्न अस्पतालमा पुगेर उपचारका लागि लाखौं रकम खर्चिए । मोरङ, सुनसरी र झापाका बिभिन्न अस्पतालमा पुगे । अप्रेसनमात्रै ६ पटक गरियो ।
भाँचिएको खुट्टामा लगाएको स्टीलमा खिया लागेर पीडा बल्झिएका राईलाई अहिले भने राहत मिलेको छ । लामो समय असफल उपचारको पीडा भोग्दै आएका राई अहिले भने खुःशी छन् । राम्रो उपचारको खोजीमा नोबेल आईपुगेका राईले राम्रो मात्र नभएर निःशुल्क उपचार पाएपछि अहिले खुःशीको सीमा नै छैन ।

नोबेल अस्पताल परिषरमा भेटिएका राईले धेरै अस्पताल धाउँदा निको नभई पैसा मात्र खर्च भएको पीडा सुनाउँदै भने ‘बल्ल सहि ठाउँमा आईपुगेछु ।’ कमजोर आर्थिक अवस्था थाहा पाएर नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले राईलाई निःशुल्क उपचारको ब्यवस्था मिलाईदिएका हुन् । राईलाई नोबेलले औषधिसमेत निःशुल्क उपलब्ध गराएको छ ।

धेरै अस्पतालमा उपचारका लागि धाउँदा–धाउँदै पैसा सकिएपछि राईसँग उपचार गर्ने पैसा थिएन् । तर, नोबेल अस्पतालले निःशुल्क उपचार गर्दिएपछि राईको यो समस्या समाधान हुँदै गएको छ ।

Video

प्रतिकृया दिनुहोस