उमा कुङफुको नेतृत्वमा लामा

6

काठमाडौँ । नेपाल उमा कुङफु संघको पहिलो चुनावी साधारणसभाले सिद्धार्थमा लामा तामाङको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । लामा अघिल्लो कार्यसमितिमा सचिव थिए ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संजितकुमार राई, मुन्नी सुवेदी लामा तामाङ र कुमार पौडेल, महासचिवमा भुपेन्द्र गुरुङ, सचिवमा रमेश महर्जन तथा कोषाध्यक्षमा सुकमान लामा रहेका छन् ।

विजय तामाङ, जीवन प्रजापति, गुना गुरुङ, जीवन गुरुङ, आनन्दकुमार यादव, अशोक केसी र राजदिश नेम्कुल सदस्यमा चयन भए ।नवनिर्वाचित पदाधिकारीहरुलाई काठमाडौं क्षेत्र नं ६ का प्रदेश सांसद योगेन्द्र संग्रौलाले प्रमाण पत्र वितरण गरे भने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका अधिकृत एवं निर्वाचन अधिकृत चन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

साधारणसभा केन्द्र र विभिन्न १५ जिल्लाका ३५ प्रतिनिधिको उपस्थिति रहेको उमा कुङफु संघले जनाएको छ । नवनिर्वाचित अध्यक्ष लामाले चाँडै केन्द्रीय कार्यसमितिको बैठक बोलाइ संघको कार्यक्रम सार्वजनिक गर्ने जानकारी गराउदै उमा कुङफुलाई अगाडि बढाउन सबैको साथ आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...