प्रथम राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

Valibal

नुवाकोट । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

वडा नं ३ स्थित कौकेश्वरी माध्यमिक विद्यालय राउतबेँसीको खेलमैदानमा आगामी चैत १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः १ लाख, ५० हजार, ३० हजार र १० हजार नगद पुरस्कार दिइने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर र उत्कृष्ट बलर, उदीयमान खेलाडी र अनुशासित समूहलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विश्व भलिबल महासंघ र नेपाल भलिबल संघको नियममा खेलाइने प्रतियोगितामा सहभागीलाई खाना र बासको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...