चीनबाट दुई घण्टामा न्यूयोर्क पुग्ने विमानको सफल परिक्षण

Fullscreen

बेइजिङ । ‘चाइना एकेडेमी अफ साइन्स’का अनुसन्धानकर्ताहरुको एक समूहले एक हापरसोनिक विमानको सफल परिक्षण गरेका छन् । विशेष हवाई सुरुङ्ग(विन्ड टनेल)मा गरिएको परिक्षणमा विमानले ५६०० माइल प्रति घण्टाको गति लिएको थियो । यसबारे खोजपत्र चीनियाँ जर्नल ‘फिजिक्स, मेकानिक्स एण्ड एस्ट्रोनमी’मा प्रकाशित भएको छ ।

सो परियोजनाको नेतृत्व चुई काईले गरेका थिए । उनी ‘चाइना एकेडेमी अफ साइन्स’को उच्च तापक्रम ग्यास डाइनेमिक्सको प्रमुख प्रयोगशालाका एक सदस्य हुन् । यो विमान निर्माणमा चीनका अन्य हापरसोनिक कार्यक्रमहरुको खोजको पनि योगदान रहेको छ । यीमध्ये केहीको सेनासँग सम्बन्धित रहेको मानिन्छ ।

यो सफलता चीनले अन्य हाइपरसोनिक प्रविधिका अन्य क्षेत्रहरुमा सफलता प्राप्त गरेको खबर आएसँगै आएको हो । जसमा चीनको डी.एफ.–१७ एच.जी.भी. लगायत अन्य रकेटजडित अन्तरिक्षयानहरु पनि समावेश रहेका छन् ।

यो परिक्षणको सफलताले अमेरीकी सेनाका उच्चाधिकारी ह्यारी ह्यारीसले अमेरीकी कङ्ग्रेसमा दिएको चेतावनीलाई बल प्रदान गर्छ । उनले चीनले विश्वव्यापी हापरसोनिक हतियार प्रतिस्पर्धामा शीर्षस्थान हासिल गर्न लागेको बताएका थिए ।

विज्ञहरुले हापरसोनिक यानहरुलाई भविष्यका सम्भावित प्रमुख रणनीतिक हतियार मानेका छन् । यसको तीव्र गतिले राष्ट्रको विश्वव्यापी पहुँचलाई बढाउनुका साथै यसले हाल कायम उच्च प्रविधीले हवाई सुरक्षालाई निकम्मा बनाउनेछ । हालको हवाई सुरक्षा प्रविधिमा अमेरीका अन्य देशभन्दा कोसौँ अघि रहको छ । 

परियोजना प्रमुख चुइले भने यो नयाँ प्रविधिको प्रयोग शान्तिपूर्ण कामको लागि  गरिने बताए । यसको उदाहरण दिँदै उनले यो प्रविधिले बेइजिङ्गबाट न्यूयोर्कको उडान समय दुई घण्टा हुने बताए ।

‘साउथ चाइना मनिङ्ग पोष्ट’मा आफ्नो नाम बताउन नमिल्ने(सुरक्षा संवेदनशिलताका कारण) एक सैन्य वैज्ञानिकले भने चुईको टिमलाई उनको ‘विलक्षण डिजाइन’को सफलताको लागि बधाई दिँदै यो खालको प्रविधी भविष्यमा ‘भिमकाय हापरसोनिक बम वर्षक विमान’ मा प्रयोग हुन सक्ने बताए । उनले पछिल्लो विमान चीनको हापरसोनिक हवाईजहाजको बृहद परिवारको एक हिस्सा मात्र भएको बताए ।

तीव्र गतिको क्षेत्रमा चीनको अर्को सफलता सोही प्रयोगशालामा विकास हुदैँछ । त्यहाँ सन् २०२० मा सञ्चालनमा आउने गरि विश्वको ठूलो हवाई सुरुङ्ग निर्माण भइरहेको छ । यसो भएमा यसले न्यूयोर्कमा रहेको मार्च ३० स्तरको एल.ई.एन.एक्स.–एक्स. सुविधालाई पछि पार्नेछ । चीनले निर्माण गर्न लागेको हवाई सुरुङ्ग मार्च ३६ स्तरको हो । यो स्तरको विमानले चीनदेखि क्यालिफोर्नियाको यात्रा १४ मिनेटमा तय गर्नेछ ।

सो हवाई सुरुङ्ग ३ मिटरसम्म चौडा पखेटा भएका विमानहरुको नमूना परिक्षण गर्न मिल्ने आकारको रहेको छ । चीनले मार्क ३६ स्तरको हवाई गति थेग्ने खालको हवाई सुरुङ्ग निर्माण गर्नुले उसले ताप अवरोधक सामाग्रीको निर्माणमा पनि निक्कै प्रगति गरेको देखाउँछ ।

चीनले हाइपरसोनिक कार्यक्रमा गरेको लगानीले यो देश आफ्नो आर्थिक र सैन्य पहुँच बृद्धी गर्न गम्भिर रहेको देखिन्छ । उसले परम्परागत विमान बोक्ने जहाजको निर्माणभन्दा क्रान्तिकारी नयाँ प्रविधी क्वान्टम सञ्चार, विशाल सुपरकम्प्युटर र हापरसोनिक विमान निर्माणमा लगानी गरिरहेको छ । यी विमानहरु केही घण्टाभित्र युरोप र अमेरीकाको जुनसुकै भागमा पुग्नसक्छन् । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...