डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

Cricket

काठमाडौँ । धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगत ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रतियोगिताको सहआयोजक अब जगदम्बा इन्टरप्राइजेज रहनेछ भने आयोजकले सम्पूर्ण प्रवद्र्धनात्मक क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ । आगामी चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीको सहभागिता रहनेछ ।

आयोजकका अनुसार करिब ३ करोड खर्च लाग्ने उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले ३ लाख र चौथो हुनेले २ लाख पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचले१० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाची १८० सिसीको मोटरसाइकल पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एकजना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई अर्जुन खड्का स्मृति सम्मानस्वरुप जनही १ लाख प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...