प्रधानन्यायाधीश पराजुलीको नागरिकता रद्द गर्न माग, जिल्ला प्रशासन कार्यालयमा उजुरी

अदालतको तारेख डा. केसीद्धारा अस्वीकार

Dr govinda kc

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख नबोक्ने बताएका छन् । उनले प्रधानन्यायाधीश पराजुली  पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन भन्दै  अस्वीकार गरेका हुन ।

अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको डा. केसीले बताए ।

डा. केसीले आफूविरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालकले हालेको अदालतको अवहेलना मुद्दामा भने आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । उनले पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

प्रतिकृया दिनुहोस